प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अन्तरक्रिया

पाेखरा | पुस १२, २०८०

प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अन्तरक्रिया

पोखरा:    प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा अन्तरक्रिया गरिएको छ । अमेरिकी सरकारको सहयोग र निल हिरा समाजको समन्वयमा बिहीबार (आज) पोखरामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको परिभाषा, बुझाई, समस्या तथा समाधानका विषयमा समुदायले कास्की प्रहरीसँग अन्तरक्रिया गरेको हो ।


कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियानकर्मी भुुमिका श्रेष्ठले लैङ्गिक पहिचान, यौन अभिमुखिकरण र यौन विशेषता सम्वन्धि बुझाईको विषयमा आफ्नो प्रस्तुती राखेकी थिइन् । समुदायको उचित परिभाषाका साथमा समाजमा भोग्नु परेको समस्याका विषयमा उनले अन्तरक्रियामा जानकारी गराइन् ।

 

त्यस्तै निल हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले समुदायले समाज तथा परिवारबाट भोग्नु परेको विभेदका विषयमा प्रस्ट्याएकी थिइन् । 


परिवारहुँदै समाजबाट विभेद भोग्नुपरेका कारण समुदायका व्यक्तिले प्रगती गर्न नसकेको उनको भनाई थियो । साथै पहिचानसहितको नागरिकता प्राप्त गर्न निकै कठिन रहेको उनले बताइन् ।


त्यसैगरि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक श्रवण कुमार बिकले प्रहरीको भूमिका विषयमा प्रस्तुती राखेका थिए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको विषयमा प्रहरी निकै संवेदनशिल रहेको र सबैलाई समान नजरले हेर्ने गरिएको उनले बताए । कोही कसैले हिंसा भोग्न नहुने र स्वतन्त्ररुपमा सम्मानजनक तरिकाले बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न प्रहरी कटीवद्ध रहेको उनको भनाई थियो ।


यता राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका अधिकृत मोहन काफ्लेले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा राज्य तथा सरोकारवालाहरुले गर्नुपर्ने कार्यका बारेमा जानकारी गराएका थिए । यस समुदायका विषयमा समाजमा अझै सचेतना फैलाउनु पर्ने उनको भनाई थियो ।


नौलो बिहानी पोखराकी कार्यालय प्रमुख रजनी थकाली ‘फुपु’ले समुदायको बुझाईमा सुधार आएको बताइन् । 


यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरुले आफुले भोगेका समस्या अन्तरक्रियामा सुनाएका थिए ।


अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीहरु, मानवअधिकारकर्मी, सञ्चारकर्मी र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्